पोखरा । भीरबाट खसेर घाईते भएका चिनियाँ पर्यटक मृत्यु भएको छ ।
मनाङको नासो गाउँपालिका– २ अवस्थित खोत्रो भिरबाट लडेर घाइते भएका चिनिया पर्यटक झाङ जीको उपचारको क्रममा मृत्यु भएको हो ।
गण्डकी प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक शारदाप्रशाद चौधरीका अनुसार मर्स्याङ्दी नदी किनारको गोरेटो बाटोमा अवस्थित जी खोत्रो भीर नजिकवाट २ सय मिटर तल खसेका थिए । सो घटनाको खबर पाउने बितिक्कै उद्धारमा गएका नेपाल प्रहरीले स्थानीय नागरिकको सहयोगमा उद्धार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मनाङ चामेबाट खटिएको प्रहरी टोलीले उनलाई थप उपचारका लागि लमजुङको बेसिशहर ल्याए्पनि उपचारको क्रममा उनको बुधबार मृत्यु भएको उपरीक्षक चौधरीले बताए ।