बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राजीनिति

टुङ्ग्यायो मन्त्रालय भागबण्डा, जनमोर्चाबाहेक सबैलाई मन्त्री बाँड्ने सहमति

बुधबार, चैत्र १५ २०७९

काठमाडौँ – सत्ता गठबन्धनले मन्त्रालयको भागबण्डा टुङ्ग्याएको छ । जसअनुसार नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी) लाई दुई, जनता समाजवादी पार्टी (जसपा) लाई दुई मन्त्रालय दिने सहमति भएको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी (लोसपा) लाई एक, नेपाल समाजवादी पार्टीलाई एक र जनमतलाई थप राज्यमन्त्री दिने सहमति भएको एक नेताले जानकारी दिएका छन् ।

यद्यपि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइनसकेको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । यस्तै बिहीबार नै मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरूलाई शपथग्रहण पनि गराउने तयारी भएको श्रेष्ठले बताएका छन् ।