बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बालेनलाई प्रचण्डको जवाफ : यो सरकार ५ वर्ष नै टिक्छ

बुधबार, चैत्र १५ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार ५ वर्ष नै टिक्ने बताएका छन् ।

बुधवार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई पनि काम गर्न असहज हुने गरेको कुराको जवाफ दिँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने ‘कामनपा प्रमुख बालेन्द्र साहज्युले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाई ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ ।’

प्रचण्डले सरकार अब बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने समेत बताए ।