बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राप्रपाको पदाधिकारी बैठक बस्दै : उपनिर्वाचन बारे छलफल हुने

सोमबार, चैत्र १३ २०७९

काठमाडौं । बैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक बस्दैछ।

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पदाधिकारीको बैठक बस्न लागेको हो । बैठकमा मुख्यतः  तनहुँ १, चितवन २ र बारा २ मा हुन गइरहेको उपनिर्वाचनको उम्मेदवारलगायतका बिषयमा छलफल हुनेछ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठानिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुनेछ ।