बिराटनगर । दोस्रो कार्याकालमा प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदाई घोषणा गरेको हो ।
हिजो भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र बिपक्षमा ४ मत खसेको थियो । देशका अन्य ६ प्रदेशले नाम पाउँदा यो प्रदेशको नामकरण हुनसकेको थिएन ।अघिल्लो कार्यकालको पाँच बर्षमा यो प्रदेशका तीन मुख्यमन्त्रीलाई नामाकरण निक्कै पेचिलो बन्दा वर्तमानका मुख्यमन्त्री हिक्मत कार्कीले सहमति जुटाउन सकेकाे देखिन्छ ।
