शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा चार दसमलव पाँच अंकको बृद्धि

बुधबार, बैशाख २० २०७४

काठमाडौ बैशाख २०
आज बुधबार नेप्से चार दमसलव पाँच अंकले बढेर १६ सय ६२ दसमलव ३८ बिन्दुमा पुगेको छ । सेन्सिटिभ पनि एक दसमलव नौ अंकले बढेर तीन सय ५५ दसमलव ४२ बिन्दुमा पुगेको छ । एक सय ४२ कम्पनीहरुको सात हजार एक सय ८६ वटा कारोवारमा १३ लाख सात सय ६७ कित्ता सेयर खरिद बिक्री  भएका छन भने कारोवार रकम ८९ करोड छ लाख ९६ रुपैयाँ पुगेको छ । 
आठ वटा समुहको सेयर कारोवार भएकोमा छ वटा समुहको कारोवार सुचक बढेको छ भने दुई वटाको कारोवार सुचक घटेको छ । बाँणिज्य बैक समुहको सुचक चार दसमलव ४४ अंकले बढेर १५ सय १६ दसमलव १० बिन्दुमा चढेकोमा ३५ करोड ५१ लाख ५३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युत समुहको सुचक छ दसमलव ५२ अंकले बढेर दुई हजार पाँच दसमलव ५५ बिन्दुमा चढेकोमा छ करोड ५६ लाख ३८ हजार छ सय रुपैयाँको सेयर किनबेच भएो छ ।  बीमा समुहको सुचक १६ दसमलव ५४ अंकले बढेर आठ हजार नौ सय ७८ दसमलव ५० बिन्दुमा चढेकोमा २१ करोड ८२ लाख २६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । आज होटल र अन्य समुहको सुचक पनि आज बढेको छ । 
बिकास बैक समुहको सुचक आज चार दसमलव ९४ अंकले घटेर १९ सय ७५ दसमलव १० बिन्दुमा झरेकोमा १७ करोड २० लाख १६ हजार रुपैयाँको सेयर किनबेच भएको छ भने उत्पादनमुलक समुहको सुचक पनि घटेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्र स     कम्पनीको नाम     आजको कारोवार मुल्य     आजको बढेको मुल्य 

१    सप्तकोशी डेभलपमेन्ट बैक    ४२९            १०
२    भार्गभ बिकास बैक        ३३०            १०
३    सहारा बिकास बैक        ५००            ९.८९
४    न्यादी ग्रप पावर कम्पनी    ३३२            ९.२१
५    ग्रिन डेभलपमेन्ट बैक        ६९५            ८.५९
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्र स     कम्पनीको नाम         आजको कारोवार मुल्य     आजको घटेको मुल्य 

१    जनउत्थान सामुदायिक लघुबित्त    ३०३२            ५.२५
२    एनएमबी माईक्रो  फाईनान्स        ३०२०            ५.०९
३    ललितपुर फाईनान्स            २२९            ४.९७
४    महिला सहयात्रा बित्तीय संस्था        १३०१            ३.७०
५    एभरेष्ट बैक                १८०१            ३.१७