बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सोमबार, माघ १६ २०७९

काठमाडौं – तेह्रथुममा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आठराई गाउँपालिका–६ फुङसिङ बस्ने ६७ वर्षीय सूर्य कन्दङवालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कन्दङवाले ती बालिकालाई केही महिना अगाडिदेखि ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चुहानडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ललितपुरमा पनि १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा तारुघाट गाउँपालिका–८ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।