काठमाडौं- मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित सडकमा को.१ ख ६८२५ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने अजित चौधरीको १८ महिनाकी छोरी अननिया चौधरीको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलामको माङसेबुङ गाउँपालिका–३ मार्चेबुङस्थित सडकमा को.२ च ३५१ नम्बरको पिकअप आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा पिकअपमा सवार सोही गाउँपालिका सिबुवा सिम्ले बस्ने ३० वर्षीय सुमन बुढाथोकीको घटनास्थलमै मृत्यु भएको छ । पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।