काठमाडौ बैंशाख १८
सनराईज बैंकले ३० प्रतिसतको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने स्वीकृती पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई पुंजी बृद्धिको लागि हाल कायम रहेको चुक्ता पुंजीको १० बराबर तीनको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी एक अर्ब ६३ करोड ५९ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमती दिएको हो । बैंकको सेयर बिक्री प्रबन्धकरुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । राष्ट्र बैकको निर्देशन अनुसार बाँणिज्य बैकहरुले २०७४ को असार मसान्तसम्ममा न्युनतम आठ अर्ब रुपैयाँ चुक्ता पुंजी कायम गर्नुपर्ने भएपछि बैकले हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।