काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीे बैठक बोलाएका छन् ।
बैठक अहिले बिहान साढे ९ बजे देउवा निवास धुम्बाराहीमा बस्ने तय भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बुझिएको छ ।
आइतबारमात्र कांग्रेसको शेखर कोइराला पक्षका नेताहरूको बैठक बसेको थियो । उक्त बैठक आजपनि बस्ने भनिएको थियो । उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको बताउँदै आएका छन् ।
आजको पदाधिकारी बैठकमा पनि पछिल्लो राष्ट्रिय राजनीतिका बारेमा छलफल र समीक्षा हुने नेताहरूले बताएका छन् ।