शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

उपसभामुख चयन आज : सत्ता गठबन्धनबाट रानामगर र विपक्षीबाट यादवबीच प्रतिस्पर्धा

शनिबार, माघ ७ २०७९

काठमाडौं । उपसभामुख पदमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपसभामुखमा दुईजनाको मात्र उम्मेदवारी परेको हो । 

सत्तारुढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । 

उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन् । 

यस्तै नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । 

उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् । 

उपसभामुखको आज निर्वाचन हुँदैछ ।

उपसभामुख चयनका लागि आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ । उक्त बैठकले उपसभामुख चयन गर्नेछ ।