शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

उपसभामुखको निर्वाचनका लागि आज मनोनयन

शुक्रबार, माघ ६ २०७९

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ ।

प्रतिनिधि सभाले बिहीबार मात्रै सभामुख पाएपछि आजदेखि उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।

संघीय संसद सचिवालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत आज उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको नामावली पनि आजै साँझ प्रकाशित गरिनेछ । मतदान शनिबारको प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

सभामुखमा भने एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

उपसभामुखमा आज मनोनयन दर्ता गर्ने दिन भए पनि दलहरूले उम्मेदवारको भने टुंगो लगाइसकेका छैनन् ।

सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ ।