शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आज कर्णाली प्रदेशसभाको उपसभामुख चयन 

बुधबार, माघ ४ २०७९

सुर्खेत । कर्णाली प्रदेशसभाको उपसभामुख आज चयन गरिने भएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि निर्वाचनको मिति बुधबार दिउँसो १ बजेका लागि तोकेको छ ।

कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम (९) बमोजिम उपसभामुख चयन गर्न लागिएको हो।

बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन भएको घोषणा गर्नेछ ।