काठमाडौं । आज नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ ।
बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ ।
बैठकका लागि सभापति शेरबहादुर देउवाले मंगलबार साँझ नै पदाधिकारीलाई खबर गरिसकेका छन् ।
बैठकमा सभामुखको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गर्ने र अन्य राजनीतिक विषयमा पनि छलफल हुने काँग्रेस स्रोतले जनाएको छ ।