शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

तेश्रो पटक भएको सुदूरपश्चिमको सभामुखको मतदानमा भीम भण्डारी निर्वाचित

मंगलबार, माघ ३ २०७९

 धनगढी । सुदूरपश्चिम प्रदशको सभामुखमा नेकपा माओबादी केन्द्रका भीम भण्डारी निर्वाचित भएका छन् ।

मंगलबार सभामुख चयनका लागि प्रदेश सभामा तेश्रो पटक भएको मतदानमा भण्डारीलाई २९ प्रदेश सभा सदस्यले मत दिएका थिए । बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्ने सुदूरपश्चिम प्रदेशमा भण्डारीले २९ मत पाएपछि जेष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले निर्वाचित भएको घोषणा गरेका हुन् ।

आज बसेको प्रदेश सभा बैठकमा ५२ जना प्रदेश सभा सदस्य उपस्थित रहेकोमा भण्डारीको विपक्षमा २३ प्रदेश सभा सदस्यले मतदान गरेका थिए ।

भण्डारी नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना प्रदेश सभा सदस्यको समर्थनमा सभामुख बनेका हुन् ।

प्रदेश सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य मान बहादुर रावलले भने २३ मत मात्रै पाएका थिए । उक्त मत प्रदेश सभामा तत्काल कायम रहेको प्रदेश सभा सदस्य संख्याको बहुमत नपुगेको भन्दै जेष्ठ प्रदेश सभा सदस्य भट्टले अस्वीकृत गरेका थिए ।
रावललाई नेपाली कांग्रेसका १९ र नेकपा एकिकृत समाजवादी पार्टीका ४ प्रदेश सभा सदस्यले समर्थन गरेका थिए। प्रदेश सभाको अर्को बैठक बुधबार  दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।