काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
सोमबार बसेको उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी पाएको रास्वपाले थप दुई मन्त्रालयसहित एक राज्यमन्त्री पाउने भएको छ ।
आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय गरेको छ ।
यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन् । स्वास्थ्य मन्त्री भने एमालेको भागमा परेको छ ।
रास्वपाले उपसभामुख पनि पाउने सहमति छ । त्यसमा सोविता गौतमको बलियो सम्भावना रहेको रास्वपाका नेताहरुले बताएका छन् ।