शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विमान दुर्घटना : आज शोक विदा, राष्ट्रिय झन्डा आधा झुकाइने

सोमबार, माघ २ २०७९

काठमाडौं । पोखरामा आइतबार भएको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक विदा दिएको छ ।

आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज मुलुकभर शोक बिदा रहनेछ भने राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडान भरेको यती एयरलाइन्सको एटीआर–७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो ।

बिहान १०:५० बजे अन्तिम पटक विमानस्थल टावरसँग सम्पर्कमा रहेको विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए ।