शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सन्दीप भोलि छुट्ने

शुक्रबार, पुष २९ २०७९

काठमाडौँ – बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा हुने भएका छन् ।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले बदर गरेसँगै सन्दीप रिहा हुने भएका हुन् ।

उच्च अदालत पाटनका न्यायाधीश धु्रवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो ।

न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

घरौटीमा रिहा भए पनि लामिछानेलाई विदेश जान नपाउने अदालतले आदेश दिएको छ ।