शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

बिहिबार, पुष २८ २०७९

काठमाडौं – रौतहटको गुजरा नगरपालिका–५ ईस्लामपुर चोकमा ना.४ ख २७४ नम्बरको बसको चक्काले किच्चिएर सोही ठाउँ बस्ने ७० वर्षीया जोवैदा खातुनको बुधबार राति मृत्यु भएको छ । पुस ५ गते बसबाट ओर्लिने क्रममा लड्दा गम्भीर घाइते भएकी उनको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । 

दाङको घोराही उपमहानगरपालिका–११ अवलडाँडामा रा.४ प ६०५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल  खसेर गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१० जलौरा बस्ने १८ वर्षीय सरोज चौधरीको  मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।