काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन् ।
आज विहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष नेपाल र यादव सिंहदरबार पुगेका थिए ।
भेटपछि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) सँग विश्वासको मतका लागि भएको छलफल सकारात्मक भएको बताएका छन् ।
तीन नेताबीचको छलफलमा प्रचण्डले आफूलाई संसदमा विश्वासको मत दिन आग्रह गरेको र सो आग्रहमा दुवै नेताले सकारात्मक प्रतिक्रिया दिएको उनको भनाइ छ ।
केही दिनअघि हात्तिवनमा समेत तीन नेताबीच भेटवार्ता भएको थियो । नेकपा एस र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्ड सो पार्टीका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।
प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिंदैछन् ।