शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाल-चीनबीचको द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका रहन्छ : नवनियुक्त चिनियाँ राजदूत

आइतबार, पुष २४ २०७९

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग काठमाडौं आएका छन् ।

आइतबार काठमाडौं आइपुगेका उनले नेपाल–चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान पत्रकार सम्मेलन गर्दै उनले चीन र नेपालबीचको द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेल्ने बताए ।

साथै उनले दुई पक्षीय सरकारले गरेका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न समेत बताए । उनले नेपाल–चीन सम्बन्ध अझ कसिलो र मैत्रीपूर्ण बनाउन आफूले पनि त्यसैगरी योगदान दिने बताए ।

उनी नेपालका लागि २२ औं चिनियाँ राजदूत हुन् । यसअघिकी राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनले चेनलाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको थियो ।