काठमाडौं । आज न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दैछ ।
न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज अन्तिम रुप दिने सरकारको तयारी छ ।
एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको बैठक बिहान १२ बजेपछि बस्ने भएको हो । बैठकले न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिने बताइएको छ ।
कार्यदलले दिने मस्यौदालाई सत्ता साझेदार दलका शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् ।
कार्यदलको बैठक बिहीबार पनि बसेको थियो । कार्यदलका एक सदस्य एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्वस्थताका कारण बैठकमा सहभागी हुन नसकेपछि मस्यौदालाई अन्तिम रुप दिने काम शुक्रबारका लागि सारिएको थियो ।