काठमाडौ बैशाख १४
नेप्से शुन्य दसमलव ३२ अंकले बढेर १६ सय ७० दसमलव ६२ अंकमा पुगेको छ । सेन्सिटिभ शुन्य दसमलव ५९ अंकले घटेर तीन सय ५७ दसमलव २१ बिन्दुमा पुगेको छ । एक सय ४३ कम्पनीहरुको सात हजार नौ सय १४ वटा कारोवारमा १४ लाख ३१ हजार ८८ कित्ता सेयर खरिद बिव्रmी हुंदा एक अर्ब आठ करोड ९९ लाख ८९ हजार नौ सय ६६ रुपैयाँको कारोवार भएको छ ।
आज कुल आठ मध्ये पाँच वटा समुहको कारोवार बढेको, दुई वटाको घटेको र एउटाको स्थिर रहेको छ । बीमा समुहको सुचक ६९ दसमलव आठ अंकले बढेर नौ हजार ५० दसमलव ८६ बिन्दुमा चढेकोमा ४७ करोड ३३ लाख ४७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । होटल समुहको सुचक पनि ६६ दसमलव ५३ अ्ंकले बढेर २२ सय ४३ दसमलव ९२ बिन्दुमा चढेकोमा ३६ लाख २१ हजार एक सय ६० रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक, जलबिद्युत र फाईनान्स समुहको सुचक पनि आज बढेको छ ।
आजथ बाँणिज्य बैक समुहको सुचक पाँच दसमलव ७९ अंकले घटेर १५ सय २५ दसमलव ९६ बिन्दुमा झरेकोमा २८ करोड ९८ लाख ८२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी अन्य समुहको कारोवार पनि घटेको छ भने उत्पादनमुलक समुहको सुचक स्थिर रहेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्र स कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ एनबी इन्स्योरेन्स १९४७ १०
२ मेट्रो डभेलपमेन्ट बैक १३२५ ९.९५
३ प्रोग्रेसिभ फाईनान्स २०१ ९.८४
४ सप्तकोशी डेभलपमेन्ट बैंक ४०३ ९.८१
५ ललितपुर फाईनान्स २५१ ९.६१
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्र स कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ गुह्ेश्वरी मर्चेन्ट फाईनान्स २८१ ४.४२
२ बरुण हाईड्रो पावर २८० ३.४४
३ कन्काई बिकास बैक ६६० ३.०८
४ कावेली बिकास बैक ३६७ २.९४
५ आईएलएफसिओ माईक्रो फाईनान्स १३६२ २.५०