शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिहिबार, पुष २१ २०७९

काठमाडौं- रोल्पाको रोल्पा नगरपालिका–९ गर्पा बस्ने ६५ वर्षीय पल बहादुर परियारको घरमा गएराति आगलागी हुँदा घर, घरभित्र रहेको सिलाई कटाई मेसिन, ईन्टर लग मेसिन, काचो कपडा र रा.२ प ९२४९ नम्बरको मोटरसाइकल समेत गरी करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

कास्कीको पोखरा महानगरपालिका–१५ कोलपाटनस्थित रौतहत घर भएका विकास पण्डितको मनकामना वर्कशपमा बुधबार राति आगलागी हुँदा वर्कसप पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । 

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा बजारस्थित सोही ठाउँ बस्ने ३४ वर्षीया साबित्रा चन्दको किट्स क्याम्प एण्ड गिफ्ट सेन्टर पसलमा करेन्ट सर्ट भई बुधबार राति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।