काठमाडौं- अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ सिमलपानी तल्ला गाउँ बस्ने ६४ वर्षीय भिम प्रसाद न्यौपानेलाई अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
झापाको दमक नगरपालिका–१ श्रीपाली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित सोही नगरपालिका–१ कुमाल चोक बस्ने ईलाम फाकफोकथुम गाउँपालिका–४ घर भएका ३९ वर्षीय धनराज आलेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.७ प ५१०७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक आलेलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापाको दमक नगरपालिका–९ स्थित चिया पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका–९ बस्ने २६ वर्षीया अनिशा कार्कीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले चिया पसलमा बसिरहेकी उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । दाङको घोराही उपमहानगरपालिका–१८ नवलपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका–४ सुनपुर बस्ने १९ वर्षीय बिक्रम भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले भण्डारीलाई उक्त पदार्थ र मोबाइल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।