काठमाडौं- नेप्से उच्च अंकले बढेको छ । साताको चौंथो दिन आज बुधबार नेप्से ६४ दशमलव ८७ अंकले बढेर दुई हजार एक सय २५ दशमलव ९४ अंकमा चढेको छ भने सेन्सिटिभ पनि १४ दशमलव शुन्य नौं अंकले बढेर चार सय आठ दशमलव ७२ अंकमा चढेको छ । आज नेप्सेमा दुई सय ५८ वटा कम्पनीहरुको ५७ हजार तीन सय १२ पटकको कारोबारमा ८७ लाख ३३ हजार पाँच सय ४२ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम तीन अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव एक अंकले बढेर १४ सय दशमलव ४६ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ९५ दशमलव ६९ अंकले बढेर दुई हजार तीन सय ८३ दशमलव ९५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ४४ दशमलव नौं अंकले बढेर १० हजार चार सय ५८ दशमलव ६१ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ८९ दशमलव नौं अंकले बढेर आठ हजार नौं सय ८२ दशमलव १७ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन प्राली परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा पनि आज हिमालयन डिष्ट्रिलरी प्राली पहिलो स्थानमा परेको छ ।