शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मंगलबार, पुष १९ २०७९

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका–३ शिमपाने चोक बस्ने २२ वर्षीय अर्जुन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
बिकले ती बालिकालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।