शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रतिनिधि सभामा एमालेको एक सिट बढ्यो, रौतहट–२का स्वतन्त्र सांसद एमाले प्रवेश

मंगलबार, पुष १९ २०७९

काठमाडौं । रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् । 

आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर साह एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्न बालकोट पुगेका साहलाई एमाले अध्यक्ष ओलीले खादा र टीका लगाएर स्वागत गरेका छन् । 

यो सँगै प्रतिनिधसभामा एमालेकाे एक सिट बढेको छ ।

प्रभु शाहले किरणलाई आफ्नो पार्टीमा राखेपनि उनले अस्वीकार गर्दै एमाले रोजेका हुन् ।

जसपासँगको भागवण्डाका कारण सो क्षेत्र एमालेले गुमाएपछि उनी स्वतन्त्र रुपमा चुनाव लडेका थिए ।

उनी रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । अब एमालेको प्रतिनिधिसभामा  सिट सङ्ख्या ७९ पुगेको छ ।