काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक जारी छ ।
जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल भइरहकेाे नेताहरुले जानकारी दिए ।
कांग्रेससहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि तय गर्नुपर्ने राजनीतिक रणनीतिसहितका विषयमा बैठकमा छलफल हुनेछ ।
यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई समर्थन मात्रै गर्ने कि प्रतिपक्षमा बस्ने विषयमा कुनै निर्णय लिन नसकेपछि पोलिटब्यूरो डाकिएको हो ।
दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले सरकारमा जान नहुने धारणा राखेका थिए ।