शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

गृहमन्त्रीले बोलाए  ७७ वटै जिल्लाका सिडिओ र सुरक्षा प्रमुखको बैठक

सोमबार, पुष १८ २०७९

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुलुकभरको सुरक्षास्थितिको जानकारी लिन बैठक बोलाएका छन् । लामिछानेले आज बिहान ९ बजे भर्चुअल बैठक बोलाएका हुन् ।

बैठकमा ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दीपक बोहराले जानकारी दिए ।

उनका अनुसार बैठकमा नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ ।