काठमाडौं । एमाले नेता देवेन्द्र दाहालले कम्युनिष्ट आन्दोलनलाई छेतविच्छेद बनाउन ठूलो भूमिका खेल्ने व्यक्तिलाई राष्ट्रपति दिएर पुरस्कृत नगरिने स्पष्ट पारेका छन् ।
एमालेले पार्टी एकीकरण गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने हल्ला बाहिरिएसँगै राष्ट्रियसभा संसदीय दलको नेता समेत रहेका दाहालले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् ।
कार्यकर्ताले प्रश्न गरिरहेको भन्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई छेतविच्छेद बनाउन ठूलो भूमिका खेल्ने ब्यक्तिलाई एमालेले नै राष्ट्रपति दिएर पुरस्कृत गर्ला र भनेका छन्। साथै उनले यो मिथ्या हल्ला र मनको लड्डु मात्र भएको र असम्भव रहेको उल्लेख गरेका छन् ।