शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सरकारमा सहभागी हुन राप्रपाले राख्यो यस्ता शर्त

बिहिबार, पुष १४ २०७९

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शर्तसहित सरकारमा जाने निर्णय गरेको छ। 

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपाले आफू सरकार जान भने शर्त अगाडि सारेको छ। 

जस अनुसार उसले विकास, सुशासन, सेवाप्रवाह र जनसरोकारका विषयहरू समावेश छन्।

राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिनुपर्ने, सरकारको नीतिगत निर्णयहरू अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने, स्वास्थ्य बीमा, कृषि कारखाना सञ्चालन गर्नुपर्ने लगायत शर्त राखेको छ ।

बैठकले राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकासका एजेन्डा र सेवा प्रवाहलाई एजेण्डा बनाउने र त्यसलाई सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गरे सरकारमा जाने निर्णय गरेको छ । 

बैठकले यसको जिम्मेवारी अध्यक्ष लिङदेनलाई दिएको छ ।

सरकारमा हालसम्म नगएको राप्रपा सत्ता साझेदार दलको बैठकमा भने सहभागी हुँदै आएको छ ।

बुधबार कार्यसम्पादन समितिका बहुसंख्यक सदस्यले भने सरकारमा जानुपर्ने बताएका थिए।

यसअघि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई समर्थन गरे पनि सहभागी नहुने बताएका थिए।

राप्रपाले आगामी फागुन पहिलो साता काठमाडौंमा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्ने निर्णय गरेको छ।  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।