काठमाडौं । शक्ति बाडफाँटका विषयमा छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता बैठकमा सहभागी भएका छन् । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो ।
प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बुधबार साढे दुई घण्टा एकल वार्ता भएको थियो ।
तीन दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भए पनि अरु पदको भागबन्डा टुंगिएको छैन । राष्ट्रपति र उपराष्ट्रपति भने क्रमशः एमाले र माओवादी केन्द्रले लिने अनौपचारिक सहमति छ ।
यस्तै सातवटा सरकार र प्रदेश प्रमुखको समेत टुंगो लगाउन बाँकी छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भए पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।
अहिलेसम्म एमालेबाट ४ माओवादीबाट १ र स्वतन्त्र पार्टीबाट एक जना मन्त्री नियुक्त भएका छन् ।