शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बुधबार, पुष १३ २०७९

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बस्ने २४ वर्षीय सचिन थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित निर्माणधिन मेघा होटलको कम्पाउण्डभित्र थापाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।