शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

सोमबार, पुष ११ २०७९

काठमाडौं- प्रधान सेनापति महारथी प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को यही पुस तीन गतेको निर्णय अनुसार उपरथी दर्जामा विशेष बढुवा हुन भएका सहायक रथी कृष्ण प्रसाद सापकोटा र मानार्थ उपरथी दर्जामा पदोन्नती हुन भएका सहायक रथी सुशिल कुमार भण्डारीलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज सोमबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।