शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी, नयाँ मन्त्रीबारे समेत छलफल हुने

सोमबार, पुष ११ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न माओवादीको पदाधिकारी बैठक बसेको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा आगामी सरकारमा पार्टीको भूमिका लगायतको विषयमाछलफल भइरहेको एक नेताले बताए ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथग्रहणको तयारी गरेका छन् ।

माओवादी केन्द्रको बैठकलगत्तै ११ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका दलहरुको बैठक बोलाइएको छ । 
बैठक संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।