काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
राष्ट्रिपति विद्यादेवी भण्डारीले आइतबार संविधानको धारा ७६ (२) बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार अपराह्न ४ बजे उनको शपथ तय गरिएको छ।
उनलाई तीन जना स्वतन्त्रसहित १६९ जना सांसदको समर्थन रहेको छ।