आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

आफ्नैले दिएनन् गगनलाई भोट

बुधबार, पुष ६ २०७९

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापा भारी मतान्तरले पराजित भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध दलको नेताको लागि उम्मेदवारी दिएका थापा ३९ मतान्तरले पराजित बने। 

बुधबार बिहान भएको निर्वाचनमा सभापति देउवाले ६४ मत पाउँदा महामन्त्री थापाले २५ मत मात्र पाए । 

शेखर कोइराला समूहको समर्थनमा दलको नेतामा उम्मेदवारी दिएका थापालाई सोही समूहका ६ जना सांसदले समेत मत नदिएको पाइएको छ । 

शेखर कोइराला समूहमा रहेका ३१ सांसद  र कृष्ण सिटौला समूहका प्रदीप पौडेल समेतले थापालाई समर्थन गरेका थिए । यद्यपि आफ्नै पक्षका सांसदले समेत थापालाई मत नदिएको देखियो । सभापति देउवाले कोइराला र सिटौला पक्षको मत समेत पाएर भारी मतले विजयी बने ।