काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
महामन्त्री गगनकुमार थापालाई भारी मतान्तरदे पराजित गर्दै देउवा निर्वाचित भएका हुन् । दुई बीचको मतान्तर ३९ रहेको छ ।
देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका नेता वीरबहादुर बलायरले जानकारी दिए । कांग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए।