काठमाडौ बैशाख १०
उच्च अंकले बढेको नेप्से आज अन्तिम समयमा ३५ दसमलव ३८ अंकले सुधार आई १६ सय ९३ दसमालव ७२ बिन्दुमा पुगेको छ । सेन्सिटिभ पनि सात दसमलव ३८ अंकले बढेर तीन सय ६५ दसमलव ४१ अंकमा पुगेको छ । एक सय ४२ कम्पनीहरुको १० हजार एक सय ९१ वटा कारोवारमा २२ लाख १० हजार एक सय ७५ कित्ता सेयर खरिद बिक्रि भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्रि भएको छ भने कारोवार रकम एक अर्ब ५३ करोड ३८ लाख १८ हजार आठ सय १२ रुपैयाँ पुगेको छ ।
आज आठ वटा समुहको कारोवार भकएकोमा आठ वटै समुहको कारोवार बढेपछि नेप्से पुरै हरियो भएको छ । आजपनि बीमा समुहको सुचक तीन सय १८ दसमलव ९३ अंकले बढेर नौ हजार सात बिन्दुमा चढेकोमा ५७ करोड ८३ लाख १३ हजार रुपैयाँको सेयर खरिद बिक्रि भएको छ । बाँणिज्य बैक समुहको सुचक ३१ दसमलव ३७ अंकले बढेर १५ सय ६७ दसमलव २४ बिन्दुमा चढेकोमा ५८ करोड २७ लाख ८९ हजार रुपैयाँको सेयर खरिद बिक्रि भएको छ । बिकास बैक समुहको सुचक पनि ३० दसमलव १९ अंकले बढेर १९ सय ६९ दसमलव ४६ बिन्दुमा चढेकोमा २४ करोड ६७ लाख २४ हजार रुपैयाँको सेयर खरिद बिक्रि भएको छ ।
आज होटल, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि उच्च अंकले बढेको छ । नेप्सेमा आज केहीबेर प्राबिधिक समस्या देखिएपछि तीन बजेर २४ मिनेटसम्म नेप्सेको नियमित कारोवार कक्ष खुल्ला रहेको थियो । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्र स कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ राष्ट्रिय बीमा कम्पनी ११०८९ १०
२ राष्ट्रिय बीमा कम्पनी (संस्थापकं) ९९६९ १०
३ कर्णाली बिकास बैक ३२१ ९.९३
४ लक्ष्मी भ्यालु फन्ड—१ १३ ७.४४
५ देव बिकास बैक २९७ ७.२५
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्र स कम्पनि नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ माउन्ट मकालु डेभलपमेन्ट बैक ६०० ६.२५
२ नविल व्यालेन्स फन्ड—१ २१.१८ ५.०२
३ बिजय लघुबित्त संस्था १३३८ ४.४२
४ सिर्नर्जी फार्ईनान्स १६१ ३.५९
५ कञ्चन डेभलपमेन्ट बैक ३७१ ३.३८