आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

जग्गाको विषयलाई लिएर कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ 

मंगलबार, मंसिर २७ २०७९

जग्गाको विषयलाई लिएर कुटपिट गरी चक्रघट्टा गाउँपालिका–२ भेल्ही बस्ने ७० वर्षीया सागर देवीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै देवर नाता पर्ने ६५ वर्षीय पुकार रायलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पुकार राय, उनको छोरा ४० वर्षीय जितु भन्ने जितेन्द्र राय र बुहारी ३० वर्षीया अनिता देवी राय समेत मिली जग्गाको विषयलाई लिएर कुटपिट गर्दा सागर देवीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न हाल फरार जितेन्द्र र अनिताको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।