आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा १७ जनाको मृत्यु  

मंगलबार, मंसिर २७ २०७९

काठमाडौं- जाजरकोटको छेडागाड नगरपालिका–४ खातिजेवाबाट नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको जिप सोही नगरपालिका–४ भिरबाटीमा अनियन्त्रित भई करिब २ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा जीप चालक दैलेख भगवतीमाई गाउँपालिका–२ बस्ने ३५ वर्षीय मान बहादुर रावत समेत १२ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये ११ जनाको घटनास्थलमै र दुर्घटनामा गम्भीर घाइते भएका छेडागाड नगरपालिका–५ बस्ने ४८ वर्षीय जयलाल अधिकारीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । 

काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा बा.२ ख ३२२३ नम्बरको माइक्रो बस र बा.९१ प ७४८० नम्बरको मोटरसाइकल एक–आपसमा ठोकिएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक नागार्जुन नगरपालिका–४ घर भएका २२ वर्षीय रविन लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । माइक्रो बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ललितपुरको ललितपुर महानगरपालिका–१७ बिएण्डबि आकासे पुल नजिक सडकमा बा.१६  प १२२८ नम्बरको मोटरसाइकल बा.२ क १३२५ नम्बरको टिपरमा ठोकिएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बालकोट बस्ने ६० वर्षीय योगराज सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको दंगिशरण गाउँपालिका–३ एकलीमा रा.१ त ४५९३ नम्बरको ट्याक्टरबाट लडेर सोही ट्याक्टरमा काम गर्ने दंगिशरण गाउँपालिका–६ थपगाउँ बस्ने १७ वर्षीय सुदिप चौधरीको मृत्यु भएको छ । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । धनुषाको सहिदनगर नगरपालिका–५ बासुदेपट्टीमा प्र.२–०२–००१ स १११६ नम्बरको अटोबाट लडेर अटोमा सवार जनकपुर उपमहानगरपालिका–१ धर्मवान टोल बस्ने ४० वर्षीया रामतोला देवी साहको मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुर हुँदै न्यूरो अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–६ लोखडियामा लु.१ ख ७४८० नम्बरको ट्रक र लु.७२ प ३५३५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ दुर्घटना हुँदा चालक मायादेवी गाउँपालिका–४ सुण्डी बस्ने २० वर्षीय रामकरण मुराउको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।