आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेप्से सुचक तथा कारोबार रकम दुबै बढ्यो 

सोमबार, मंसिर २६ २०७९

बाँणिज्य बैंक बाहेक सबै सुमहको सुचक हरियो

काठमाडौं- अघिल्लो दिन घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने उच्च अंकले बढेको छ । नेप्से आज १६ दशमलव ९७ अंकले बढेर १९ सय दुई दशमलव २८ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि पाँच दशमलव ५७ अंकले बढेर तीन सय ७२ दशमलव ९३ अंकमा पुगेको छ । दुई सय ४५ वटा कम्पनीहरुको २२ हजार नौं सय ९३ पटकको कारोबारमा ४४ लाख ७० हजार छ सय २५ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम एक अर्ब ३६ करोड ६० लाख १० हजार चार सय ६४ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा बाँणिज्य बैंक समुहको सुचक झिनो अंकले घटेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले बढेका छन् । सो मध्ये बिकास बैक समुहको सुचक २७ दशमलव ६९ अंकले बढेर १५ सय ५९ दशमलव २५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३० दशमलव ९९ अंकले बढेर १९ सय ८८ दशमलव ८३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७० दशमलव ८५ अंकले बढेर नौं हजार दुई सय तीन दशमलव ७२ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ३० दशमलव ७३ अंकले बढेर सात हजार चार सय ८३ दशमलव ७९ अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समित लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्लोवल आईएमई ब्यालेन्स फण्ड–१ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नबिल बैंक परेको छ ।