काठमाडौ बैशाख ६
आज नेप्से ४९ दसमलव ९८ अंकले बढेर १६ सय ६२ दसमलव दुई बिन्दुमा कायम रहेको छ । यसैगरी सेन्सिटिभ पनि १० दसमलव ७७ अंकले बढेर तीन सय ५९ दसमलव एक बिन्दुमा कायम रहेको छ ।
कुल एक सय ४२ कम्पनीहरुको सात हजार चार सय ३४ वटा कारोवारमा १८ लाख दुई हजार चार सय ६७ कित्ता सेयर खरिदबिक्रि भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिव्रmी हुंदा आज कारोवार रकम एक अर्ब सात करोड १४ लाख २४ हजार तीन सय ४८ रुपैयाँ पुगेको छ । आठ वटा समुहको कारोवार भएकोमा अन्य समुहको कारोवार सामान्य अंकले घटेपटि बाँकी समुहको कारोवार सुचक उच्च अंकले बढेको छ । बीमा समुहको सुचक दुई सय ९२ दसमलव ६७ अंकले बढेर आठ हजार छ सय ५४ दसमलव ३६ बिन्दुमा कायम रहेकोमा ४१ करोड ५४ लाख ६२ हजार रुपैयाँको सेयर खरिद बिक्रि भएको छ । बाँणिज्य बैक समुहको सुचक ४९ दसमलव दुई अंकले बढेर १५ सय ४२ दसमलव २१ बिन्दुमा कायम रहेकोमा ३५ करोड ९४ लाख ९९ हजार रुपैयाँको सेयर खरिद बिक्रि भएको छ । यसैगरी बिकास बैक समुहको सुचक पनि ६९ दसमलव ५७ अंकले बढेर १९ सय ४७ दसमलव ४० बिन्दुमा कायम रहेकोमा १९ करोड २६ लाख ५९ हजार रुपैयाँको सेयर खरिद बिक्रि भएको छ ।
होटल, जलबिद्युत, फाईनान्स र उत्पादनमुलक समुहको सुचक पनि आज बढेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ फष्र्ट माईक्रो फाईनान्स ११०० १०
२ लक्ष्मी लघुबित्त बित्तीय संंस्थ १८७० १०
३ कावेली बिकास बैक ६८२ १०
४ मिर्मिरे माईव्रmो फाईनान्स २८०५ १०
५ महिला सहयात्रा बित्तीय संस्था १२५५ ९.९
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ ग्लोवल आईएमई समुन्नत योजना—१ १० २.९१
२ एनआईबिएल समृद्धि फन्ड—१ १२.२५ २
३ कन्काई बिकास बैक ५६८ १.८९
४ नागवेली लघुबित्त बिकास बैक २७५० १.७८
५ भार्गभ बिकास बैक २९१ १.६८