काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा सत्ता गठबन्धनले सोचेजस्तो परिणाम नआएका कारण २००७ सालदेखिको उपलब्धि गुम्ने खतरा आएको बताएका छन्।
शुक्रबार गोरखामा प्रतिनिधि सभा सदस्यको प्रमाणत्र लिएपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनमा छलफल गरी राजनीतिक दलहरूले गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको बताए।
गोरखामा गठबन्धन जे भए पनि परिणामतः सफल भएको छ। सबै हाम्रा उम्मेदवार विजयी हुनु भएको छ। तर पूरा देशभरी यस्तो भएन।
नसोचेका राजनीतिक दल र अभियानकर्मीले जीत निकालेकोतिर संकेत गर्दै प्रचण्डले भने,‘जुन अपेक्षा थियो त्यसअनुसार परिणाम आएको छैन। यो उपलब्धिलाई उल्टाउने खतराका रुपमा पनि देखा परेको छ।’