बुटवल । रुपन्देही ३ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई पछि पार्दै राप्रपाका उम्मेदवार दिपक बोहराले अग्रता बढाएका छन् ।
पछिल्लो मत परिणाम अनुसार गृहमन्त्री समेत रहेका गठबन्धनका उम्मेदवार खाँणलाई राप्रपाका बोहोराले उछिनेका छन् ।
जारी मत गणनामा दिपक बोहराले ४,१७० ल्याउँदा बालकृष्ण खाँण ३,९१९ मत ल्याउँदै पच्छाइरहेका छन् । यस अघि खाँणलाई अग्रता मिलेको थियो ।