सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

नुवाकोट क्षेत्र नं १ मा एमाले उम्मेदवार अगाडि

मंगलबार, मंसिर ६ २०७९

त्रिशूली । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवारको अग्रता कायम रहेको छ ।

जारी रहेको मतगणनाअन्तर्गत क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ छ हजार चार सय ६३ मतगणना हुँदा एमालेका उम्मेदवार बद्री मैनालीले दुई हजार छ सय ५८ मत ल्याएका छन् भने नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हितबहादुर तामाङले दुई हजार तीन सय २१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा प्रद्युम्न महतले सात सय एक मत प्राप्त गरेका छन्।

उक्त क्षेत्रमा ककनी गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र ८ को गणना सम्पन्न भएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेशतर्फ प्रदेश २ मा दुई हजार दुई सय ४७ मतगणना हुँदा एमालेका पूर्णलाल श्रेष्ठले नौ सय ७९ मत, नेपाली कांग्रेसका रमेशकुमार महतले आठ सय चार मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले दुई सय ५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए ।