बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौं-१ मा रवीन्द्रको अग्रता प्रकाशमानले उल्ट्याए

सोमबार, मंसिर ५ २०७९

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रको सुरुवाती अग्रता नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमानले उल्ट्याएका छन् ।

यस अघि रवीन्द्रलाई सुरुवाति अग्रता मिलेको थियो भने प्रकाशमान तेस्रोमा थिए ।

जारी मत गणनाको पछिल्लो अपडेट अनुसार प्रकाशमान सिंहले ७५४ मतका साथ अग्रता बनाएका छन् भने रवीन्द्रले ६८० मत ल्याएका छन् । यसैगरी एमालेका उम्मेदवार किरण पौडेलले ४९६ मत ल्याएका छन् । 

उनले जारी मतगणनामा २८९ मतका साथ अग्रता लिइरहँदा उनलाई एमालेका उम्मेदवार किरण पौडेलले पच्छाइरहेका छन् ।

पौडेललाई १८६ मत प्राप्त हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रकाशमान सिंहले १८३ मत प्राप्त गरेका छन् ।