सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

मतगणनाको सुरुवाती रुझान् : एमाले पहिलो दोस्रोमा रहेकाे कांग्रेसलाई पच्छयाउँदै घण्टी

सोमबार, मंसिर ५ २०७९

काठमाडौं । हालसम्म मत गणना भएको निर्वाचन मध्ये नेकपा एमालेले चार स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले एमालेलाई पछयाईरहेको छ ।

ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित धनुषा –३ मा एमालेले अग्रता लिईरहेको बेला नेपाली कांग्रेसले भक्तपुर–२ र मुस्ताङमा कांग्रेसले अग्रता लिएको छ ।

यसैगरी, कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिईरहेको छ ।

सुरुवाती रुझान् हेर्दा पूर्व सञ्चारकर्मी रवि लामिछाने सभापति रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले ठूला भनिएका दलहरुलाई केही धक्का दिनसक्ने आँकलन हुन थालेको छ ।