सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना – ३ जनाको मृत्यु

सोमबार, मंसिर ५ २०७९

बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
 मृतकको परिचय खुल्न भने बाँकी छ । जीपमा १२ जना प्रहरी सवार रहेको बुुझिएको छ । से १ ज ८५४ नम्बरको जीप पाटन नगरपालिका वडा न।४को निङलाडी खोलामा दुर्घटना भएको वडा अध्यक्ष दिपक बिष्टले बताए । 

दुर्घटनामा परी ९ जना घाइते भएकोमा ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुमध्ये छ जनाको पहिचान खुलेको छ । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । जिप सडकबाट करिब  ३ सय मिटर तल खसेको छ ।  घटनाका बिषयमा थप जानकारी आउन बाँकी छ ।